श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन गर्नु अघि कम्पनी कस्तो छ ? हेरौं


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन गर्नु अघि कम्पनी कस्तो छ ? हेरौं

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आज (भदौ १५ गते) बुधबार देखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ ।

सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन पश्चात संस्थापकको ६४ प्रतिशत र सर्वसाधारणको ३६ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

आईपीओमा कसरी दिने आवेदन?

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा भदौ १५ गते देखि भदौ १९ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ २९ गतेसम्म म्याद थप हुनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad