कर्जामा झुक्याउँदा बीओकेप्रति ग्राहक असन्तुष्ट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कर्जामा झुक्याउँदा बीओकेप्रति ग्राहक असन्तुष्ट

काठमाडौं । बैंक अफ काठमाण्डूको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.१८ प्रतिशत भएको छ । यसको प्रतिसेयर नेटवर्थ १ सय ६७ रुपैयाँ ७५ पैसा छ । यद्यपि यसको सेयर बजारमा २ सय २७ रुपैयाँमा कारोबार भइरहेको छ ।

बैंकले तुलनात्मक रूपमा नाफा आर्जन गर्न नसके पनि चलाखीपूर्ण तवरले बजार मूल्य २ सय ५१ भएको ग्लोबल आईएमईसँग १ः१ अनुपातमा मर्ज गर्ने तयारी गरेको छ ।

खराब कर्जा बढ्यो

सस्तो ब्याजदरको लोभ देखाई कर्जा दिई बिनाजानकारी ब्याज बढाइ ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डूले सर्वसाधारण मात्र नभई सेलिब्रेटीदेखि ग्लोबल आईएमईजस्तो बैंकलाई पनि चंगुलमा पार्न सफल भएको छ । यसले भविष्यमा ग्लोबल आईएमई बैंकलाई समेत समस्यामा पार्न सक्ने देखिएको छ ।

बीओकेले लोभ देखाई कर्जा वितरण गर्दा बैंकको खराब कर्जा १ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ ।

कर्जामा ठग्दै आएको सो बैंकले मोबाइल बैंकिङ प्रयोग गर्दा दोहोरो पैसा लिने गरेको अभिनेत्री लक्ष्मी बर्देवाले यसअघि नै सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेकी छन् ।

उनले आफ्नो फेसबुकमार्फत बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।

बीओकेका एक ग्राहक प्रमोद रेग्मीका अनुसार बीओके झुर बैंक हो र यसको इन्टरनेटवर्कको कारणले सेवा नलिनु नै उत्तम हुन्छ या खाता बन्द गरे हुन्छ ।

बैंकको सेवाबाट आजित भएका सुदर्शन सुवेदी भन्छन्,‘ बीओकेले सर्वसाधारण बचतकर्ताहरूको नियमित बचतमा समेत दुई-तीन महिनामै खाता ब्लक गरेर केवाईसी, आयकर प्रमाणपत्र आदिका झन्झट लगाएर पैसा ब्लक गरेर हैरान गर्ने गरेको छ । यो बैंकमा विश्वास नगरौं, कुनै पनि बेला फस्न सक्छ ।’

– प्रतिसेयर आम्दानी पनि घटेको घट्यै

– ग्राहकलाई कर्जा लोभ्याउँदै फसाउँदै

– शतप्रतिशतभन्दा बढी ब्याज बढाएर ठगी

– भन्नेबेलामा एकथरि, हस्ताक्षर गराउँदा अर्कोथरी

बैंक अफ काठमाण्डूको यसरी ग्राहक असन्तुष्ट पार्ने प्रवृत्तिका कारण गत आर्थिक वर्षमा खासै नाफा कमाउन सकेन । अरू बैंकहरूले गत वर्षको तुलनामा १ अर्बको हाराहारीमा नाफा कमाउँदा बीओकेले ९ करोड मात्र बढाउन सकेको छ । अघिल्लो आवमा पनि बैंकले ४ प्रतिशत मात्र मुनाफा बढाउन सकेको थियो ।  ...

Read More
  • MBL - below news