प्रभु ग्रुपद्वारा सञ्चालित प्रभु फाइनान्सबाट विकास बैंक हुँदै वाणिज्य बैंकको रूपमा आफूलाई स्थापित गर्न सफल प्रभु बैंक लिमिटेडले पाँच बर्षमा उल्लेख्य प्रगति गरेको छ ।
आज भन्दा ९ वर्ष अघि मिति २०७१ भदौ ३१ गते विभिन्न चारवटा बैंक तथा वित्तीय संस्थाहरू साविक किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेण्ट बैंक र जेनिथ फाइनान्ससँगको सफल मर्जरपश्चात ३ अर्ब २० करोड ८८ लाख ८५ हजार रुपैयाँबाट शुरू भएको थियो ।
अहिले प्रभु बैंकको २०७९ असार मसान्तमा चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ पुगेको छ । पछिल्लो पाँच बर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि बैंकले नाफा, प्रतिशेयर आम्दानीसँगै अधिकांश सूचकमा छलाङ मारेको छ ।
बैंकले आर्जन गरेको आम्दानीबाट सञ्चालन खर्च (कार्यालयको भाडा, इन्धन खर्च, मर्मतसम्भार, मसलन्द आदि), कर्मचारी खर्च (तलब, भत्ता, उपदान कोष, सञ्चय कोष, बिदाबापतको रकम, चाडपर्व खर्च, बोनस आदि) र आयकर आदि कटाएर बाँकी रहेको रकम खुद नाफा हो ।









