कडाई गरिए पनि एसएलएफको प्रयोग बढ्दो, भदौ ८ सम्म बैंकहरुले लिए १० खर्ब ७२ अर्बको एसएलएफ कर्जा


  • KBL News Ad
  • ADBL
  • City Express
कडाई गरिए पनि एसएलएफको प्रयोग बढ्दो, भदौ ८ सम्म बैंकहरुले लिए १० खर्ब ७२ अर्बको एसएलएफ कर्जा

गत आर्थिक वर्षबाट एसएलएफ लिएर रकम चलाउने अभ्यासलाई यस वर्ष पनि बै‌ंकहरुले निरन्तरता दिएका छन् । गत वर्ष बैंकले राष्ट्र बैंकबाट लिएको अल्पकालीन कर्जा एसएलएफलाई नै अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्नको लागि प्रयोग गर्नुको साथै राष्ट्र बैंकको ट्रेजरी बिल्समा समेत प्रयोग गरेको पाइएपछि चालु आर्थिक वर्षको बजेटमा एसएलएफ लिने प्रावधानमा केही कडाई गरिएको छ ।


गत वर्ष बैंकसँग रहेको सेक्युरिटिजको धितोमा ९० प्रतिशतसम्म एसएलएफ लिन पाउने प्रावधानलाई संंशोधन गरी चालु वर्षको मौद्रिक नीतिमा त्यसलाई पछिल्लो एक साताको स्थानीय निक्षेपको १ प्रतिशतसम्म मात्रै एसएलएफ लिन पाउने गरी कडाई गरे । सोही अनुसार चालु आर्थिक वर्षको दैनिक एसएलएफ रकमले ५० अर्ब नाघेको छैन । गत वर्ष कुनै दिन बैंकहरुले १ खर्बसम्म पनि एसएलएफ चलाएका थिए ।

चालु आवको मौद्रिक नीतिमा एसएलएफ कर्जाको अवधिलाई पनि घटाएको छ । अघिल्लो वर्ष एसएलएफको अवधि ७ दिन रहेकोमा चालु आवमा त्यसलाई घटाएर ५ दिन मात्र बनाएको छ । राष्ट्र बैकले बैकमा साप्ताहिक निक्षेपको १ प्रतिशत मात्रै एसएलएफ कर्जा लिन पाउने व्यवस्था गरे पनि ५ दिन मात्रै कर्जा चलाउने व्यवस्था गरेकाले यस वर्ष एसएलएफ कर्जाको रकम झनै बढ्ने देखिएको छ । गत वर्षभरिमा बैंकहरुले ४ हजार ९ सय ८ पटक एसएलएफ सुविधाका उपयोग गरेर ९१ खर्ब ७० अर्ब रुपैयाँ रकम प्रयोग गरेका थिए तर चालु आवमा झन्डै १ महिना ९ दिन मात्र बितेकेको छ । यही अवधिमा बैंकहरुले ५८३ वटा कारोबारमा १० खर्ब ७२ अर्ब ६३ करोड रुपैयाँ एसएलएफ कर्जाको उपयोग गरिसकेका छन् ।

Read More
  • EBL Ad news