नेपाल राष्ट्र बैंकले फेरि ट्रेजरी बिल आफैले खरिद गरेको छ । बजारको ब्याजदर नियन्त्रणमा राख्ने भन्दै बैंकले लगातार चौथो पटक पनि आफैले ट्रेजरी राखेको हो ।
बैंकले पछिल्लो पटक बोलकबोल गरेको १२ खर्ब २३ करोड ३२ लाख ट्रेजरी बिलमा समेत ४ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ नवीकरण गरेर बाँकी रहेको ७ अर्ब ३५ करोड रुपैयाँ बैंकले आफैले खरिद गरेको छ । बजारको ब्याजदर बढ्न नदिने बैंकले आफैले ट्रेजरी खरिद गरेको हो ।