बैंक अफ काठमाण्डूले प्राप्त गर्यो मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम 


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंक अफ काठमाण्डूले प्राप्त गर्यो मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम 

मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो । आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पुरा नगरी बिचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीे उपर दावी गरेकोले बैंक अफ काठमाण्डूबाट ग्यारेण्टी वापतको रकम भुक्तानी गरिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर, मेलम्ची खानेपानी आयोजना बिकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समुह–१५ बिचको भएको बिवादको कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्सट्रक्शन बैंकबाट यस बैंकले पाउनु पर्ने भुक्तानी रकम प्राप्त नभएकोले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्तबन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनको हेनान प्रान्त स्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दा यही सन् २०२२ जुलाई २५ तारिखमा बैंकको पक्षमा फैसला भएको छ । बैंकबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी रकम अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ यस बैंक अफ काठमाण्डू लिमिटेडलाई आज मिति २०७९ भाद्र ७ गते फिर्ता आएको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रवण मास्केज्यूले जानकारी दिनुभयो । 

साथै, ग्यारेन्टी वापतको रकम भुक्तानी गर्ने गराउने काममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने श्री नेपाल सरकार तथा सम्बन्धित मातहतका निकायहरु, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, गणतन्त्र चीन स्थित नेपाली दुतावास, नेपाल स्थित गणतन्त्र चीनियाँ दुतावास,  नेपाल राष्ट्र बैंक, मेलम्ची खानेपानी विकास समिति, यस बैंकका संचालक तथा कर्मचारीहरु, शेयरधनी महानुभावहरु लगायत सम्पूर्ण महानुभावहरुमा बैंकले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ । 
 

Read More
  • MBL - below news