प्रभु बैंकका कर्मचारी आन्दोलित


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकका कर्मचारी आन्दोलित

आफुहरुमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै प्रभु बैंकका कर्मचारीहरुले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् ।  प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनले आज केन्द्रीय कार्यालय अगाडी धर्ना दिएको हो ।  

मंगलबार काठमाडौंको बिजुलीबजारस्थीत कार्यालय अगाडी प्रभु बैंक वित्तिय संस्था कर्मचारी युनियनले आफुहरुमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नती सूचीमा छुटेका सम्पूर्ण कमएचारीहरुको तुरुन्त पदोन्नती गर्नुपर्ने लगाएतका माग राख्दै धर्ना दिएका हुन् । उनीहरुले संस्थागन शुसाशन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको बिकास गनुपर्ने माग राखेका छन् ।

युनियनले संस्थागत सुशासन कार्यम गर,  कर्मचारीहरूमाथीको विभेद अन्त्य गर, संस्थागत संस्कृतिको विकास गर, विभेदकारी पदोन्नती सूचीमा छुटेका कर्मचारीलाई तुरुन्त पदोन्नती गर र युनियनका मागहरू तुरुन्त सम्वोधन गर लेखिएको कालो ब्यानर पनि टाँगेका छन् । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad