एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी “एक्सेल समृद्घि बचत खाता” संचालनमा ल्याएको छ । यसबचत खातामा बार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्तगर्न सकिने बैंकले जनाएको छ । न्यूनतम २ हजारमा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । “एक्सेल समृद्घि बचत खाता” सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।

“तपाईको स्थानीय साझेदार” को नारा लिएको यस बैंकले स्थानिय स्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ्ग सुबिधाहरु समेत उपलब्ध गराउने छ । जस अन्र्तगत निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक , अन्य बैंकको एटएएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुने जनाएको छ । 

Read More
  • EBL Ad news