आधुनिक प्रविधिमा ग्लोबल आइएमई बैंकः डेबिट कार्डसँगै ‘फरक अनुभूति र अविस्मरणीय पलहरू’ जोड्दै


  • KBL News Ad
  • ADBL
  • City Express
आधुनिक प्रविधिमा ग्लोबल आइएमई बैंकः डेबिट कार्डसँगै ‘फरक अनुभूति र अविस्मरणीय पलहरू’ जोड्दै

काठमाडौं । आधुनिक प्रविधिको विकास र विस्तारसँगै विश्वलाई एउटा सानो घेरामा आम नागरिकले राख्न पाउने र आफ्नो अविस्मरणीय पलहरूलाई डिजिटलरुपमा सञ्चित गरी राख्न पाउने सामर्थ्यको विकास भएको छ । 

यसका लागि सरकारी तथा गैरसरकारी संस्थाका साथसाथै बैंक तथा वित्तीय संस्थाहरूले समेत नेपाल सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई सफल बनाउन एकपछि अर्को प्रविधिमैत्री कारोबारलाई अगाडि बढाएका छन् । जसमा ग्लोबल आइएमई बैंकको भूमिका विशेष र महत्त्वपूर्ण रहेको छ ।

बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत ग्राहकको जीवनका फरक अनुभूति र अविस्मरणीय पलहरूलाई आफ्नो डेबिट कार्डमा आफ्नै रोजाइको तस्बिर राख्न पाउने बैंकका डिसिईओ सुरेन्द्रराज रेग्मीले जानकारी दिए । 

Read More
  • EBL Ad news