बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १०% छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १०% छुट

बैंक अफ काठमाण्डू र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ  । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०% को छुट पाउनुहुनेछ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । 


मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Read More
  • MBL - below news