माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण गर्‍यो 'नेपाल पे' क्युआर कोड


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण गर्‍यो 'नेपाल पे' क्युआर कोड

माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसिएचएलद्वारा प्रवर्द्धित 'नेपाल पे' क्युआर कोड हस्तान्तरण गरेको छ। 

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्‍याउने लक्ष्यका साथ उक्त क्युआर सेवा सञ्चालनमा ल्याएको बैंकले बताएको छ।

एक औपचारिक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङलाई उक्त कार्ड हस्तान्तरण गरेका हुन्। 

Read More
  • MBL - below news
  • EBL Ad news