समृद्धि फाइनान्सले नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको श्री राष्ट्रिय आधारभूत बिधालय र पोखरा वडा न. २१ मा रहेको श्री बयाली आधारभूत बिधालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।
फाइनान्सले २०० जना बिधार्थीहरुलाई ९०० थान कापी र २०० थान पेन वितरण गरेको का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।







