सहकारीको पैसा सहकारीमै राख्न आग्रह


  • KBL News Ad
  • ADBL
  • City Express
सहकारीको पैसा सहकारीमै राख्न आग्रह

पोखरा : पोखराका सहकारीकर्मीहरूले सहकारी क्षेत्रमा रहेको तरलताको रकम सहकारी बैंक तथा संघमा नै राख्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सहकारी बैंक लिमिटेडले सोमबार पोखरामा आयोजना गरेको सहकारीको समसामयिक अवस्था विषयक छलफल कार्यक्रमका सहभागीले सहकारी क्षेत्रमा रहेको रकमलाई सहकारी बैंकलगायत सहकारी वित्तीय कारोबार गर्ने संघमा राख्नुपर्नेमा जोड दिए। सहकारीलाई समस्या आउँदा सहयोग गर्ने, समन्वय गर्ने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सहकारीका निकायलाई सबल, सक्षम र प्रभावकारी बनाउन सहकारीको रकम सहकारीमै राख्नुपर्ने उनीहरूको सुझाव थियो।          पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि समग्र सहकारी अभियान एकताबद्ध हुनुपर्नेमा पोखराका सहकारीकर्मीले जोड दिएका छन्। 

Read More
  • EBL Ad news