नेपाल स्टक एक्सच्नेज नेप्सेमा आज बुधबार २ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज हिमालयन बैंकको २१.३८ प्रतिशतले हुन आउने २ करोड २८ लाख ४३ हजार २ सय ४८ दशमलव९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश बितरण गरेको थियो। सोहि बोनस शेयर आज सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।







