राष्ट्र बैंकले फेरि आफैं खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले फेरि आफैं खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल

२४ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ ।

२३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो ।

उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले जम्मा ५९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड आफैंले खरिद गरेको छ ।

Read More
  • EBL Ad news