नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई एक आपसमा मर्जमा जानको लागि सैद्दान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले आज मर्जरको लागि सैद्दान्तिक सहमति दिएको हो ।
यस संगै अब दुवै संस्थाले विशेष साधारणसभा बोलाएर मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गर्नु पर्ने छ । त्यसपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्ने छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न लागेको हो । दुई बैंकबीच असार २९ गते बुधबार गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए ।







