राष्ट्रिय सहकारी बैंकले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । बैंकको सञ्चालक समितिको साउन १९ गते बिहान सम्पन्न सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो ।
बैंकमा आवद्ध भएर कारोबार गरिरहेका र तरलता व्यवस्थापनका कारण समस्यामा परेका सहकारीहरुलाई तत्काल समन्वय गरी संकटबाट जोगाउनका लागि बैंकका सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा बैकका ७ वटै प्रदेशका संयोजकहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदल समेत गठन गरेको छ ।