ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी क्षेत्रका विभिन्न नीतिगत व्यवस्था, शिक्षालगायतका विषय जानकारी हुने पुस्तक तथा अभिलेखहरू समेटेर इ-लाइब्रेरी स्थापना गरेको छ। बैंकले स्थापना गरेको इलाइब्रेरीको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उद्घाटन गरे।
बैंकको २० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा बैंकको इ-लाइब्रेरीमा बैंकको समग्र अवस्था, स्थानीय तह, प्रदेश र संघीय ऐन तथा नियमावलीहरू, शिक्षामलुक सामग्री, टेक्निकल टुल्स, नमुना नीति कार्यविधिहरू, तालिमका भिडियोहरू, सहकारी सम्बन्धी लेख रचनाहरूलगायतका सामग्री हेर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए।
सेवा प्रभावकारी बनाउन थिंक ट्यांक बैंकको सेवा सुविधामा थप सुधार तथा सहकारी क्षेत्रको संभावना, समस्या र समाधानका लागि अध्ययन अनुसन्धान र सुधारका लागि सुझाव दिने गरी सहकारी विद्वत समूह (थिंक ट्यांक) गठन गरेको छ। सञ्चालक समितिको बैठकले विद्वत समूह गठन गरेको हो। सहकारीलगायत वित्तीय क्षेत्रमा विभिन्न तहमा रहेर योगदान गरेका विशेषज्ञ तथा विषयसँग सम्बन्धित व्यक्तिहरूको सहभागितामा विद्वत समूह गठन गरिएको बैंकका अध्यक्ष केबस् उप्रेतीले बताए।