सहकारीका लागि ‘कोप कार्ड’ सेवा शुभारम्भ


  • KBL News Ad
  • ADBL
  • City Express
सहकारीका लागि ‘कोप कार्ड’ सेवा शुभारम्भ

काठमाडौं । सहकारीहरूका लागि ‘कोप कार्ड’ सेवा शुभारम्भ गरिएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार सहकारीहरूका लागि ‘कोप कार्ड’ शुभारम्भ गरेका हुन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमबिच ‘कोप कार्ड’ सेवा शुभारम्भ गरिएको छ । विगत केही समय अगाडीदेखि एससीटीले एक सय भन्दा बढी सहकारीहरूलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सत्रै सदस्यलाई सेवा पुर्‍याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्राण्डको ‘कोप कार्ड’ जारी गर्न लागिएको हो । 

Read More
  • EBL Ad news