साउन १९, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्दै आएको मार्जिन प्रकृतिको शेयर धितो कर्जामा थप नयाँ व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीतिमा गरेको शेयर धितो कर्जासम्बन्धी व्यवस्था कार्यन्वयनको लागि निर्देशन जारी गर्दै थप नयाँ व्यवस्था गरेको हो ।
यस वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर धितोकर्जाको अधिकतम सीमा रू. १२ करोड नै कायम गरे पनि एक वित्तीय संस्थाबाट अधिकतम रू. १२ करोड कायम गरेको हो ।
यसअघि एक वित्तीय संस्थाबाट अधिकतम रू. ४ करोड र समग्र वित्तीय प्रणालीबाट रू. १२ करोडसम्म यो कर्जा लिन पाउने व्यवस्था थियो । मौद्रिक नीतिमा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले साउन १८ गते निर्देशन जारी गरेको हो ।