१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको कर्जामा थप कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत व्यक्तिगत प्रयोजनका कर्जाहरुमा थप कडाइ गरेको हो ।
यसअघि नै यस्तो कर्जाको सीमा अधिकतम ५० करोड तोकेकोमा अब धितोमा पाइने कर्जाको सीमामा नै थप कडाइ भएको छ । अब यस्तो कर्जाका लागि कर्जा र धितो सुरक्षण बीचको अनुपात (लोन टु भ्यालु रेसियो) मा राष्ट्र बैंकले कडाइ गरेको छ ।