२५ लाखमाथिको सेयर कर्जामा मात्रै १५० प्रतिशत जोखिम प्रावधान


  • KBL News Ad
  • ADBL
  • City Express
२५ लाखमाथिको सेयर कर्जामा मात्रै १५० प्रतिशत जोखिम प्रावधान

राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशन अनुसार अब बैंकहरूले सेयरको धितोमा जारी गर्ने २५ लाख रूपैयाँभन्दा माथिको कर्जामा मात्रै एक सय ५० प्रतिशत जोखिम प्रावधान राखे पुग्ने भएको छ। 

यसअघिसम्म यस्तो धितोमा जाने सबै कर्जामा तोकिएको दरमा जोखिम प्रावधान राख्नुपर्ने भएकोमा अब २५ लाखसम्मको कर्जामा जोखिम प्रावधान कम राख्न पर्ने भएको हो। 

अब २५ लाखसम्मको कर्जाको लागि एक सय प्रतिशत मात्र यस्तो प्रावधान राखे हुने भएको छ। 

ऋणपत्रको धितोमा जाने कर्जामा पनि शतप्रतिशत जोखिम प्रावधान राख्नुपर्ने व्यवस्था गरिएको छ। ऋणपत्रको धितोमा जाने कर्जामा यसअघि जोखिम प्रावधान राख्नु पर्ने व्यवस्था नै गरिएको थिएन। 

Read More
  • EBL Ad news