प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घबीच सम्झौता


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घबीच सम्झौता

प्रभु बैंक लिमिटेड र गैर आवासीय नेपाली सङ्घ बिच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ् सेवा सम्बन्धि सम्झौता भएको छ।  उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार “मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौ” भन्ने मुल नाराका साथ प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घको सहकार्यमा गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली सङ्घका सदस्यहरुले विदेशका जुनसुकै देशहरुबाट पनि विदेशी मुद्रामा बचत खाता  र मुद्धती खाता  खोल्न तथा संचालन गर्न सक्ने छन्। यस प्रकारका खाताहरु अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम  मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिने बैंकले जनाएको छ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad