नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन’ मा व्यवसायीसँग छलफल गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीलाई छलफलका लागि डाक्नुभएको हो ।
राष्ट्र बैंकले गत वर्ष नै चालु पुँजी कर्जा सम्बन्धि व्यवस्था लागू गर्न राय सुझाव माग गरेको थियो । त्यसबेलै बैंकर्स, व्यवसायी र अन्य सरोकारवालाहरुले सुझाव दिएका थिए ।
उनीहरुले जस्ताको तस्तै मार्गदर्शन लागू गरेमा उद्योग व्यवसाय नै सञ्चालन गर्न नसकिने राय दिएका थिए । त्यसपछि कोभिडले व्यवसायलाई गाँज्दै लगेपछि यो व्यवस्थालाई राष्ट्र बैंकले अगाडि बढाउन चाहेन ।