बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको मुद्दा जित्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको मुद्दा जित्यो

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको  बैंक अफ काठमाण्डू लिमिटेडले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेको हो ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो । यो फैसलासंगै बैंकले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रवण मास्केज्यूले जानकारी दिनु भयो ।  
 

Read More
  • MBL - below news