काठमाडौँ / गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मामार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।
कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमाङ्क र बोनससहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रीय कार्यलय बिर्तामोडले साउन १२ गते भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रममार्फत भुक्तानी गरेको छ । 
उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् । 
उक्त दाबी भुक्तानी कार्यक्रममा बोल्दै वडाध्यक्ष गौरव सुब्बाले यो भन्दा अघिपनि गुराँस लाइफले छिटो छरितो दाबी भुक्तानी गरेको र कम्पनीप्रति आफ्नो विश्वास झनै बढेको बताए ।
उप–मेयर राधा कार्कीले प्रत्येक व्यक्तिले आयअनुसार बिमा गरे भविष्यको साहारा हुने र घटना घटे परिवारले राहत पाउने भएकोले जीवन बिमा अनिवार्य गर्न आफुले जनचेतना गराउने बताइन् ।

 
                                    





