बैंक अफ काठमाण्डूको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोग गर्दा कोरियन भाषा ईन्स्टिच्युटमा २५%को छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंक अफ काठमाण्डूको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोग गर्दा कोरियन भाषा ईन्स्टिच्युटमा २५%को छुट

बैंक अफ काठमाण्डूले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५% छुट उपलब्ध गराउने भएको हो । उक्त सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली (EPS) अन्तर्गत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुकहरुले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट अध्ययन गरी भाषा शुल्क भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

Read More
  • MBL - below news