काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार (आज) ३० अर्ब रुपैयाँको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही साउन १९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।
बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । यो चालु आर्थिक वर्षको पहिलो रिपो हो। बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।