१० साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जमा एटीएम मेसिन फुटाएर चोरी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका बस्ने २७ वर्षीय राजकपुर चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । साउन ८ गते राति १०ः५३ बजेतिर वीरगञ्ज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।








