राष्ट्र बैंकबाटै १४ प्रतिशत ब्याज पाएपछि बैंकहरूले राखे तीन अर्ब ६० करोड


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकबाटै १४ प्रतिशत ब्याज पाएपछि बैंकहरूले राखे तीन अर्ब ६० करोड

बैंकहरूले राष्ट्र बैंकबाटै १४ प्रतिशतसम्म ब्याजदर पाएका छन्। राष्ट्र बैंकले साउन १० गतेको लागि जारी गरेको दुई अवधिका ट्रेजरी विल्स (ऋणपत्र) मा बैंकहरूले अधिकतम १२.२४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन्।

'हाम्रो उद्देश्य कर्जा लगानी घटाउने नै हो। त्यसैले आयातमा भइरहेको वृद्धि रोक्न केही लागत त पर्छ नै,' राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले भने।

हालै राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरूले राष्ट्र बैंकमा चार प्रतिशत बराबरको अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ। यो रकम राखिसकेपछि बैंकहरूले आफ्नो योजनाअनुसार यस्ता ऋणपत्रमा जति पनि लगानी गर्न सक्छन्। 

Read More
  • EBL Ad news