काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको२ अर्ब रुपैयाँ र ९१ दिन अवधिको १३ अर्ब ६० करोड गरी कूल १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी भदौ ७ गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी कात्तिक ८ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले ९१ दिन अवधिको ८ करोड रुपैयाँ, १८२ दिन अवधिको छ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ६० १० करोड गरी कूल २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । ...