बैंक अफ काठमाण्डू र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २५% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरुमा एकमुष्ठ २५% को छुट पाउने बैंकले जनाएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौंको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।








