५ करोडसम्मको कर्जाको साँवा र ब्याज भुक्तानी असोजसम्म थमौती


  • KBL News Ad
  • ADBL
  • City Express
५ करोडसम्मको कर्जाको साँवा र ब्याज भुक्तानी असोजसम्म थमौती

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीको ५ करोडसम्मको ब्याज र साँवा भुक्तानी अवधि थमौती गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को नयाँ मौदि्रक नीतिमार्फत केन्दि्रय बैंकले असार मसान्तसम्म तिर्नुपर्ने यस्तो कर्जाको समय अवधि असोज मसान्तसम्म पुर्‍याएको हो ।

असोज मसान्तसम्म कर्जा चुक्ता गर्दा बैंक तथा वित्तीय संस्थाहरुले पेनाल ब्याज लिन नपाउने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यमी व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनेछ,’ मौदि्रक नीतिमा भनिएको छ ।

Read More
  • EBL Ad news