आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ सहित)


  • KBL News Ad
  • ADBL
  • City Express
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ सहित)

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज खारेज गरिएको छ । अब १२ करोड रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ ।

यसअघि एउटा वित्तीय संस्थाबाट ४ करोड र सबैबाट गरी कुल १२ करोड लिन पाइने व्यवस्था थियो । त्यसमा केही संशोधन गरेर एउटै बैंकबाट पनि १२ करोड लिन पाइने व्यवस्था गरिएको हो । यसैगरी, मर्जर तथा एक्विजिसनमा जाँदा सेयर कारोबार रोक्का राखिने व्यवस्था केन्द्रीय बैंकले खारेज गरेको छ । अब धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार सेयर कारोबार कति दिन रोक्का हुने भनेर निर्णय हुनेछ । 

त्यस्तै अब स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन ‘क्राउड फन्डिङ’ र ‘पियर टु पियर लेन्डिङ’ को व्यवस्था गरिने भएको छ । अन्तर्राष्ट्रिय डिजिटल कार्डबाट सोझै नेपाली बैंकले जारी गरेका कार्डमा रेमिट्यान्स पठाउन सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले सिडि रेशियो गणनामा लचकता अपनाएको छ । केन्द्रिय बैंकले सिडि रेशियो गणना गर्दा २०८० असार सम्म ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।

अब अब बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए मात्र राष्ट्र बैंकले तोकेको छुट पाउने भएका छन् ।

त्यस्तै  राष्ट्र बैंकले बैंकदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुर्याएको हो।

(पूर्णपाठ सहित)

Read More
  • EBL Ad news