काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । मौद्रिक नीति कसिलो बनाइएको छ । कर्जालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नेतर्फ जोड दिइएको छ । बैंक दर बढाएर ८.५% पुर्याइएको छ । विस्तृत मुद्रा प्रदाय १२ प्रतिशतमा सीमित गरिने भएको छ । कोभिडको समयमा दिइएका छुट तथा सुविधालाई क्रमशः कटौती गरिएको छ । काउन्टर साइक्लिकल बफरलाई फेरि लागू गरिने भएको छ ।