एक्सेल डेभलपमेन्ट बैंक अठारौ बर्षमा प्रवेश


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
एक्सेल डेभलपमेन्ट बैंक अठारौ बर्षमा प्रवेश

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १७ बर्ष पुरा गरी २०७९ श्रावण ०६ गतेबाट १८ बर्षमा प्रवेश गरेको छ । वैंकले आफ्नो १७ औं वार्षिक उत्सवको अवसरमा २०७९ श्रावण ५ गतेका दिन विरामीहरुको उपचारमा सहयोग पुर्याउने हेतु वैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

विभिन्न शुभेच्छुक व्यक्तिहरु, संघ संस्थाका पदाधिकारीहरु, वैंकका कर्मचारीहरुबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी, उपशाखा विर्तामोड झापालाई प्रदान गरिएको थियो । शुक्रबार वार्षिक उत्सवका दिन बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरु सहित प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको हो । वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा सिद्धार्थ होटल, विर्तामोड, झापामा आयोजना गरिएको थियो । 

Read More
  • EBL Ad news