बाजुराको खप्तड छेडेदह गउँपालिकामा रहेको हिमालयन बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्न घुम्ती शिविर सुरु गरेको छ।बैंकले गाउँपालिकासँगको सहकार्यमा उक्त शिविर सुरु गरेको हो।
बुधबार गाउँपालिकाको वडा नं ७ कार्यालयमा बैंकले जेष्ठ नागरिक, अशक्त, अशहाय तथा बिरामी भएर थलिएका लाभ ग्राहिहरूलाई भत्ता वितरण गरेको छ। हिमालयन बैंक छेडेदह शाखा प्रबन्धक किरण रिजालले भत्ता वितरणसँगै घुम्ती शिविर सञ्चालनमा आएको जानकारी दिए।








