काठमाडौं । प्रभु बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार तनहुँ जिल्लाको आबुखैरेनि गाउपालिका वडा नं. ०१ स्थित बरादिमा आफ्नो २१६ औं शाखा खोली सञ्चालनमा ल्याएको हो ।
बैंकको बरादि शाखा कार्यालयको समुद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरेका हुन् । बैंकको बरादिमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी शान्ति शेरचनले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने बैंकको नीति अनुरूप यो शाखा खोलियको हो ।








