राष्ट्र बैंकद्वारा २ वटा विकास बैंकलाई कारवाही


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकद्वारा २ वटा विकास बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले २ वटा विकास बैंकलाई नगद जरिवाना गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रयमासम गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा २ विकास बैंकलाई नगद जरिवाना गरेको हो ।

राष्ट्र बैंकले कर्णाली विकास बैंक र सिन्धु विकास बैंकलाई कारवाही गरेको हो । यी २ बैंकले अनिवार्य तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगरेकोले राष्ट्र बैंकले कारवाही गरेको हो । राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई एक पटक २० हजार ३ सय ५६ रुपैयाँ ७८ पैसा र अर्को पटक २ हजार १ सय ६३ रुपैयाँ २६ पैसा नगद जरिवाना गरेको हो । सिन्धु विकास बैंकलाई भने १७५ रुपैयाँ ४६ पैसा जरिवाना गरिएको हो । आर्थिक वर्ष ७८/७९ मा कर्णाली विकास बैंक तेस्रो पटक कारवाहीमा परको हो । सिन्धु विकास बैंक भने पहिलो पटक कारवाहीमा परेको हो ।

Read More
  • EBL Ad news