नेपाल स्टक एक्सचेञ्जमा आज (श्रावण ३ गते, मंगलबार) आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि काराेबार हुन नसकेकाे हाे ।
अब आज कम्पनीकाे सेयर काराेबार हुँदैन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ ।
जस अनुसार अब भाेलि (बुधबार) फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे कारोबार खुल्नेछ । साे सेसनमा काराेबार भएमा मात्रै नियमित काराेबार हुनेछ ।