साउन २, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यो शेयर मंगलवारदेखि कारोबारमा आउनेछ । नेप्सेले पहिलो कारोबारको लागि रू. १२२ दशमलव ८८ देखि ३६८ दशमलव ६४ ओपन रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।