नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षको सुरुवात मै १० अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले सोमबार १० अर्ब २० करोड ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल र ९१ दिन अवधिको ५ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । यी दुवै पुरानो ट्रेजरी बिलको नवीकरण हुन् । राष्ट्र बैंकले यस अघि जारी गरिएका ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
सोमबारको बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक ब्याज कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बंैकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ ।