असार २९, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले रू. २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार ९ गते सेबोनमा निवेदन दिएको हो । बैंकले आगामी ५ वर्षसम्मका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो ।
ऋणपत्रकाे विक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले कुल २४ लाख कित्तामध्ये ९ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ । यस्तै, १४ लाख ४० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।








