देव विकास बैंक घोटाला प्रकरण- शाखा प्रबन्धकलाई साढे २१ करोड जरिवाना र ७ वर्ष कैद सजाय


  • ADBL
  • City Express
देव विकास बैंक घोटाला प्रकरण- शाखा प्रबन्धकलाई साढे २१ करोड जरिवाना र ७ वर्ष कैद सजाय

देव विकास बैंकको १८ करोड हिनामिनाको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख रुपैयाँ जरिवाना र ७ वर्ष कैद सजायको फैसला अदालतले गरेको छ।

उच्च अदालत तुलसीपुरले मंगलबार अन्तिम फैसला गर्दै  बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीलाई १८ करोड ३ लाख जरिवाना तथा ३ करोड ५० लाख बिगो जरिवानासहित  कुल २१ करोड ५३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। 

शाखा प्रबन्धक बुढाथोकीले विभिन्न व्यक्तिको नाममा ३६ वटा नक्कली कर्जा खाता तयारी गरी रकम हिनामिना गर्ने बदमासी गरेको भन्ने कुरा फैसलामा उल्लेख रहेको अदालतका शाखा अधिकृत गोकर्ण वलीले जानकारी दिए।

Read More