सेञ्चुरी बैंकको भिसा कार्ड मोको डिजिटल वालेटमा प्रयोग गरी QR SCAN मार्फत भुक्तानी गर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी बैंकको भिसा कार्ड मोको डिजिटल वालेटमा प्रयोग गरी QR SCAN मार्फत भुक्तानी गर्न सकिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले  QR SCAN मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको QR हरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात सेञ्चुरी बैंकको डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधिनमा रहि QR SCAN मार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ । मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन । 

क्रेडिट कार्डवाहकहरुले समेत QR SCAN गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात भएको बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रणय राजभण्डारीज्यूू र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत श्री शंकर केसी ज्यूूले हस्ताक्षर गर्नुभयो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
 

Read More
  • MBL - below news