चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा नेपाल सरकारको ३५१ अर्ब ९१ करोड मौज्दात रहेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज जारी गरेको चालु आर्थिक बर्षको एघार महिनाको तथ्याङ् मार्फत यस्तो जानकारी दिइएको हो ।
२०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु.१९८ अर्ब ७६ करोड रहेको थियो ।