असार २७, काठमाडौं । तीन ओटा अलग- अलग कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।
धौलागिरी लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावारले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख ३१ ह्जार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धौलागिरी लघुवित्त र अभियान लघुवित्तले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट असार २४ गते अनुमति पाएका हुन् ।








