काठमाडौं । लामाे समयदेखिकाे छलफल र बहसपछि तय भएकाे हिमालयन र सिभिल बैंकबीचकाे मर्जर सम्झाैता अनिश्चित बनेकाे छ । अन्तिम समयमा दुई पक्षबीच कुरा नमिल्दा आज हुने भनिएको एक्विजिसन सम्झौता रोकिएको हो ।
हिमालयनले सिभिललाई ८१ रुपैयाँको अनुपातमा आफूमा गाभ्नेगरी सहमति भएको थियो । सहमतिलाई मूर्त रुप दिन आजका लागि सम्झाैता मिति ताेकिएकाे थियाे । तर, हिमालयनले डीडीए रिपोर्टका आधारमा स्वाप रेसियो घट्नसक्ने बताएपछि सम्झौता राेकिएकाे हाे ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँगकाे मर्जर असफल भएपछि यतिबेला हिमालयन बैंक अर्काे संस्थासँग मर्जर गर्नैपर्ने बाध्यतामा छ । सम्झाैता नभएसम्म हिमालयन नियामकीय कारबाहीबाट मुक्त हुँदैन । अर्काेतिर कमजाेर कार्यसम्पादनका कारण प्रतिस्पर्धी क्षमता कमजाेर भएकाे सिभिल बैंक पनि राम्राे पार्टनरकाे खाेजीमा छ । दुवै बैंककाे बाध्यात्मक अवस्थाबीच एकले अर्काेलाई पेल्न खाेजेकाे दुवै पक्षकाे बुझाई छ ।








