सन् नेपाल लाइफ इन्सुरेन्सले चुक्ता पुँजी पुर्याउन यस्तो ल्यायो नयाँ योजना


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सन् नेपाल लाइफ इन्सुरेन्सले चुक्ता पुँजी पुर्याउन यस्तो ल्यायो नयाँ योजना

काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुलाई ६०% पुँजी थप गर्न आग्रह गरेको छ । बिमा समितिले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने उद्देश्यले कम्पनीले संस्थापक सेयरधनीसँग थप लगानी माग गरेको हो । यसको लागि असार ३० गते भित्र सो रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको हो ।यसअघि कम्पनीको वैशाख ९ गते सम्पन्न साधारण सभाले पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेपछि कम्पनीले सोही अनुसार संस्थापक सेयरधनीहरुबाट थप रकम जम्मा गर्न आग्रह गरेको हो । यस्तै, कम्पनी सञ्चालक समितिको बैठकले साविक संस्थापकहरुबाट लगानी भएको रकमको ६०% रकम माग गर्ने निर्णय भएको पनि जनाएको छ ।  
 

Read More
  • EBL Ad news