बीमा कम्पनी मर्जमा जाँदा कर्मचारीहरुको सेवा सुविधा र पद घटाउन नपाईने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा कम्पनी मर्जमा जाँदा कर्मचारीहरुको सेवा सुविधा र पद घटाउन नपाईने

बीमा कम्पनीहरुको मर्जमा जाँदा कर्मचारीहरुको पद घटुवा गर्न नपाइने भएको छ। त्यस्तै उनीहरुले खाईपाई आएको तलब तथा सेवा सुविधा पनि घटाउन नपाइने भएको छ ।

बीमा समितिले बीमकहरु गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न जारी गरेको परिपत्रमा थप संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो । जस अनुसार गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमकमा निजहरुले साविकमा रहेको पद अनुसारको तह बा श्रेणी भन्दा कम नहुने गरी पदमिलान गर्नुपर्नेछ। त्यस्तै गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकका कर्मचारीलाई कुनै मर्का नपर्ने गरी र निजहरुले साविकमा खाईपाई आएको तलब, भत्ता तथा सुविधा भन्दा नघट्ने गरी व्यवस्था गर्नु पर्नेछ ।

Read More
  • MBL - below news